हालसम्मकै उच्च विन्दुमा पुग्याे सुन-चाँदीकाे भाउः सुन एकैदिन ४१ सय रूपैयाँ बढ्याे, चाँदी कति ?
काठमाडाैं,पुस २८। साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेकाे छ ।
हिजाे ताेलामा २८०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज एकैदिन प्रतितोला ४ हजार १०० रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ७४ हजार सात सय रूपैयाँ पुगेको छ।
हिजाे छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै हिजाे ताेलामा २१० रूपैयाँले बढेकाे चाँदी आज पनि प्रतितोला २०५ रूपैयाँ बढेको छ। आइतबार तोलामा चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

