कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित
काठमाडौं,पुस २७। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ।
पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत केहीबेर अघि प्रारम्भ भएको बन्दसत्रले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गरेको हो। बन्दसत्रमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश–बदल्नुपर्ने कांग्रेस : सद्भाव, समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदन पेस गर्नुभएको छ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदन र पारित कार्यविधिका आधारमा पार्टीको भावी दिशा, संगठनात्मक संरचना र नीतिगत प्राथमिकतामाथि छलफल अघि बढाइने महाधिवेशन आयोजकले जनाएको छ। विशेष महाधिवेशनमार्फत पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्दै कांग्रेसलाई नयाँ सोच र संकल्पका साथ अघि बढाउने उद्देश्य रहेको नेताहरूले बताएका छन्।

