बेलकोटगढीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



नुवाकोट,पुस २८ । बेलकोटगढी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिता अन्तर्गत विभिन्न खेल विधामा विद्यालयस्तरीय प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–७ स्थित महादेव माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ।

त्यसैगरी बेलकोटगढी नगरपालिका–१३ स्थित सूर्यमती माध्यमिक विद्यालयले दोस्रो स्थान तथा बेलकोटगढी नगरपालिका–३ स्थित लक्ष्मेश्वरी माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेका छन्।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकले खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्