विशेष महाधिवेशनकै बीच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज



काठमाडौँ,पुस २९ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहेका बेला पार्टीले आज बिहान ११ बजेका लागि बैठक आह्वान गरेको हो।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

विशेष महाधिवेशन चलिरहेका बेला आकस्मिक रूपमा बैठक बोलाइनुले पार्टीभित्र देखिएको अवस्था, महाधिवेशनसँग सम्बन्धित विषय तथा भावी रणनीतिबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्