छहरे–टोखा सडकखण्डमा विद्युतीय गाडी दुर्घटना
नुवाकोट,पुस २९ । काठमाडौंबाट सामरी भर्याङभुरुङतर्फ जाँदै गरेको विद्युतीय गाडी छहरे–टोखा अन्तर्गत गुर्जे भञ्ज्याङ् नजिकै ओरालो सडकखण्डमा दुर्घटनामा परेको छ।
मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा बागमती प्रदेश ०८–००१ ज ००३७ नम्बरको विद्युतीय गाडी दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी कुनै पनि यात्रु घाइते नभएको र सबै यात्रु सकुशल रहेको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

