कांग्रेस एकतामै अघि बढ्छ : प्रवक्ता महत



काठमाडौँ, पुस २९ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले संस्थापन पक्ष पार्टीलाई एकताबद्ध बनाउन लचकताका साथ संवाद गरिरहेको बताउनुभयो। पार्टी नेतृत्वकै कारण कांग्रेस विभाजित नहुने स्पष्ट पार्दै उहाँले एकताका लागि निरन्तर पहल भइरहेको उल्लेख गर्नुभयो।

उहाँले काठमाडौँमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी गर्नुभयो। साथै पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई पनि लचकता अपनाउन अपिल गर्नुभएको छ।

प्रवक्ता महतले कांग्रेसभित्र देखिएका मतभेद समाधान गर्दै संगठनलाई मजबुत बनाउने दिशामा नेतृत्व केन्द्रित रहेको दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्