इराकमा काम गरिरहेका नेपालीलाई पुनः श्रम स्वीकृति



काठमाडौं,पुस ३० । वैदेशिक रोजगार विभागले इराकमा आधिकारिक भिसा र ‘भ्यालिड रेसिडेन्सी कार्ड’ भएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिन थालेको छ।

विभिन्न माध्यमबाट इराक गई त्यहाँ कानुनी रूपमा काम गरिरहेका र घर बिदामा आएर फर्किन चाहने श्रमिकलाई लक्षित गरी यो व्यवस्था गरिएको हो।

सरकारले पुस ११ गते मन्त्रीपरिषद् बैठकबाट आवश्यक प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति दिने निर्णय गरेको थियो। विभागले फेमिस प्रणालीमार्फत आवेदन दिन सकिने जनाएको छ।

यो निर्णयले नयाँ श्रमिकलाई इराक जान अनुमति नदिने स्पष्ट गरिएको छ। हाल इराकमा करिब ३० हजार नेपाली श्रमिक कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्