लामिछानेमाथिको अभियोग संशोधन, चुनाव लड्न बाटो खुल्यो



काठमाडौँ,माघ १ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम ठगी तथा सहकारी ठगीको अभियोग मात्रै कायम रहने गरी बुधबार स्वीकृति दिएकी हुन्।

यस निर्णयसँगै लामिछानेले आसन्न निर्वाचनमा उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार प्रयोग गर्न सक्ने बाटो खुलेको छ। महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित जिल्ला अदालतमा आवश्यक प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ।

लामिछाने पक्षका कानुन व्यवसायीले अभियोग संशोधनपछि चुनावी सहभागितामा अब कुनै कानुनी बाधा नरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्