नवनिर्वाचित केन्द्रीय कार्यसमितिबारे जानकारी दिन कांग्रेस टोली निर्वाचन आयोगमा



काठमाडौँ,माघ १। गगन थापा नेतृत्वको नेपाली कांग्रेसको टोली निर्वाचन आयोग पुगेको छ। बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली आयोग गएको हो।

ललितपुरको कुपण्डोलमा केही बेरअघि सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयसहित नवनिर्वाचित नेतृत्वबारे जानकारी दिन आयोगमा पुगेको एक नेताले जानकारी दिए। विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिको विवरण औपचारिक रूपमा निर्वाचन आयोगलाई बुझाउन टोली आयोग पुगेको बताइएको छ।

नेतृत्व चयनपछि पार्टीको वैधानिक प्रक्रिया पूरा गर्ने क्रममा आयोगमा जानकारी गराइएको जनाउँदै कांग्रेस नेताहरूले अब पार्टी संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्