नुवाकोटमा निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त म्याद थप, माघ ३ गतेसम्म आवेदन दिन सकिने



नुवाकोट,माघ १ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रियाको दरखास्त म्याद थप गरिएको छ।

निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालन गर्ने सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि–२०८२ बमोजिम निर्वाचन प्रहरी भर्नाका लागि मिति २०८२ पौष २४ गते सूचना प्रकाशन गरिएको थियो। सोही सूचना अनुसार दरखास्त दिने अवधि समाप्त हुन लागेका बेला निर्वाचन प्रहरीको छनोट तथा नियुक्ति समिति नुवाकोटको बिहीबारको निर्णयअनुसार आवेदन दिने अवधि दुई दिन थप गरिएको हो।

अब इच्छुक योग्य उम्मेदवारहरूले यही माघ ३ गतेसम्म निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त दिन सक्नेछन्। समितिले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

उक्त निर्वाचनका लागि सुरक्षालाई प्रभावकारी बनाउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहने भएकाले योग्य तथा इच्छुक नागरिकलाई अवसरको सदुपयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्