नुवाकोटमा अन्तरपालिका स्तरीय छात्रा/महिला भलिबल प्रतियोगिता सम्पन्न, म्यागाङ प्रथम



नुवाकोट,माघ १। प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सवको अवसरमा नुवाकोट जिल्ला भलिबल संघद्वारा आयोजित अन्तरपालिका स्तरीय छात्रा/महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

मंगलबारदेखि विदुरस्थित कोलोनीमा सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो। प्रतियोगितामा म्यागाङ गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ भने दुप्चेश्वर गाउँपालिका दोस्रो र लिखु गाउँपालिका तेस्रो स्थानमा रहन सफल भएका छन्।

प्रतियोगितामा प्रथम हुने म्यागाङ गाउँपालिकाले ५० हजार रुपैयाँ, दोस्रो हुने दुप्चेश्वर गाउँपालिकाले २५ हजार रुपैयाँ र तेस्रो हुने लिखु गाउँपालिकाले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

अन्तरपालिका स्तरीय यस प्रतियोगितामा लिखु, पञ्चकन्या, तादी, विदुर नगरपालिका, किस्पाङ, म्यागाङ र दुप्चेश्वर गरी सात स्थानीय तहको सहभागिता रहेको थियो।

आयोजक नुवाकोट जिल्ला भलिबल संघले यस्ता प्रतियोगिताले महिला तथा छात्रा खेलाडीको प्रतिभा विकास गर्नुका साथै खेलकुदमार्फत जिल्लाको पहिचान, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्