पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजदेखि नयाँ दर लागू



काठमाडौँ,माघ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। निगमले निर्धारण गरेको नयाँ मूल्य आजदेखि लागू भएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँमा बिक्री हुने भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जनाएको छ।

मूल्य घटेसँगै सर्वसाधारण उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्