नुवाकोटको महेन्द्र माविका विद्यार्थीलाई एमाले नेता खड्काद्वारा झोला वितरण
नुवाकोट,माघ २ । राजनीतिलाई जनसेवामा समर्पित गर्दै नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ का अध्यक्ष सुशील खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ३ स्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई १६० भन्दा बढी विद्यार्थीलाई विद्यालय झोला वितरण गर्नुभएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष खड्काले शिक्षामा लगानी गर्नु नै समाजको दीर्घकालीन विकासको आधार भएको बताउँदै विद्यार्थीहरूलाई नियमित अध्ययनमा लगनशील हुन आग्रह गर्नुभयो। उहाँले राजनीतिक नेतृत्वले जनताको दैनिकीसँग जोडिएका शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो।
झोला वितरण कार्यक्रमबाट विद्यार्थी तथा अभिभावकहरू उत्साहित भएका छन्। विद्यालय प्रशासनले विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखी गरिएको सहयोगले अध्ययन–अध्यापनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।
स्थानीय तहका प्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सामाजिक उत्तरदायित्व वहन गर्दै जनसेवामुखी कार्यमा सक्रिय रहँदै आएकोमा अध्यक्ष खड्काप्रति धन्यवाद व्यक्त गरिएको थियो।

