नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



नुवाकोट,माघ २— आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि स्थापना गरिएको छ।

जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का लागि तादी गाउँपालिका भवनमा तथा निर्वाचन क्षेत्र नं. २ का लागि जिल्ला अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

कार्यालय स्थापनासँगै निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी, समन्वय तथा व्यवस्थापनको कामलाई तीव्रता दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालय स्थापना पश्चात् मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले खुशी व्यक्त गरेका छन। जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायसहित आवश्यक तयारी अगाडि बढाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्