कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं,माघ ३ । निर्वाचन आयोगबाट मान्यता पाएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
सभापति गगन थापाको सभापतित्वमा अहिले केहीबेरमा नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, माघ ६ गते प्रतिनिधिसभामा उम्मेदवारी दर्ता, राष्ट्रिय सभा निर्वाचन, विशेष महाधिवेशनको समीक्षा हुने नेता मनोजमणि आचार्यले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई हिजो निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको हो ।

