शिवपुरी–८ मा रास्वपाको नयाँ टिम घोषणा, रामप्रसाद ओली बने वडा सभापति



नुवाकोट,माघ ३— शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले रामप्रसाद ओलीको नेतृत्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

भेलाबाट उर्मिला परियार उपसभापतिमा चयन भएकी छन् भने कुमार गलान सचिवमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा बच्चुराम थापा, विज्ञान सिलुवाल, रामप्रसाद पाण्डे, रामकृष्ण नेपाली, राजेन्द्र पाठक र रामहरि थपलिया चयन भएका छन्।

अधिवेशनमा सहभागी नेताहरूले संगठन विस्तार, जनतासँग प्रत्यक्ष सम्बन्ध सुदृढ गर्ने र पार्टीको नीति–कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा जोड दिएका थिए।

नवगठित कार्यसमितिले वडा स्तरमा पार्टी संगठनलाई थप बलियो बनाउँदै जनमुखी अभियान अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्