एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्यायो, नुवाकोटमा पाण्डे र मैनाली



काठमाडौँ,माघ ४— नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले देशभरका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको हो।

बैठकबाट नुवाकोट क्षेत्र नं. १ मा बद्री मैनाली र क्षेत्र नं. २ मा केशव पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। दुवै उम्मेदवारलाई सम्बन्धित क्षेत्रीय कमिटीले सिफारिस गरेको थियो। यस्तै रसुवाबाट प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाइएको छ।

सचिवालय बैठकले केही निर्वाचन क्षेत्रमा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार टुंग्याउने अधिकार दिएको छ।

यी हुन् एमालेका उम्मेदवार (प्रदेशगत विवरण)

सुदूरपश्चिम प्रदेश
कैलाली:
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर:
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम:
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा: लालबहादुर थापा
डोटी: दीपक धामी
डडेल्धुरा: चक्र स्नेही
बझाङ: अफिलाल ओखेडा
बैतडी: दामोदर भण्डारी
दार्चुला: गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश
सल्यान: गुलाबजंग शाह
रुकुम पश्चिम: नन्दराम देवकोटा
सुर्खेत: धुर्व शाही, कुलमणि देवकोटा
कालिकोट: नागेन्द्र शाही (नेसनल)
जुम्ला: शान्तिबहादुर महत
मुगु: पूर्णबहादुर रोकाया
हुम्ला: दल फडेरा
डोल्पा: लङ्क रोकाया
दैलेख: रविन्द्रराज शर्मा, लक्ष्मीराज शर्मा
जाजरकोट: डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश
नवलपरासी: रामप्रसाद पाण्डे, भगवतीप्रसाद यादव
रुपन्देही: ३– बासुदेव घिमिरे, ५– खिमलाल भट्टराई (अन्य अध्यक्षले टुंग्याउने)
कपिलवस्तु: विश्राम चौधरी, बिरेन्द्र कडौनिया
दाङ: घनश्याम पाण्डे
बाँके: सूर्य ढकाल, दलबहादुर सुनार
बर्दिया: सालिकराम अधिकारी, विमला विक
पाल्पा: नारायण आचार्य, विष्णुप्रसाद पौडेल
रोल्पा: गोकुल घर्ती
प्यूठान: सूर्यबहादुर थापा
अर्घाखाँची: पिताम्बर भुसाल
गुल्मी: प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट

गण्डकी प्रदेश
लमजुङ: पृथ्वीसुब्बा गुरुङ
गोरखा: आरसी लामिछाने, मिलन गुरुङ
तनहुँ: भगवती न्यौपाने, केदार सिग्देल
कास्की: बैणबहादुर क्षेत्री, कृष्ण थापा, दामोदर बैरागी
पर्वत: पदम गिरी
मनाङ: पोल्देन सोताङ गुरुङ
मुस्ताङ: इन्द्रधारा बिष्ट

बागमती प्रदेश
नुवाकोट: बद्री मैनाली, केशव पाण्डे
रसुवा: प्रेमबहादुर तामाङ
मकवानपुर: रामेश्वर राना, महेश बर्तौला
चितवन: कृष्णराज (कमल) पाठक, अस्मिन घिमिरे, शंकरराज थपलिया
काठमाडौं: मोहन रेग्मी, मणिराम फुयाँल, रामेश्वर फुयाँल, अमनकुमार मास्के, राजेश शाक्य, विनोद श्रेष्ठ
ललितपुर: चेतनाथ सञ्जेल, प्रेमबहादुर महर्जन

मधेश प्रदेश
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्साका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाइएको छ भने केही क्षेत्रमा अध्यक्षले टुंग्याउने निर्णय भएको छ।

कोशी प्रदेश
झापा: रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली, केपी शर्मा ओली
इलाम: काजिमान कागते, सुहाङ नेम्वाङ
तेह्रथुम: भानुभक्त ढकाल
मोरङ, सुनसरी, उदयपुर, खोटाङलगायत जिल्लामा पनि उम्मेदवार तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्