डा. अमरेश कुमार सिंह रास्वपामा प्रवेश, रवि लामिछाने र बालेन शाहद्वारा स्वागत



काठमाडौँ,माघ ५ — डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले दोसल्ला ओढाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

जनकपुरधामको तिरहुतिया गाछिमा आयोजित एक सभाका क्रममा नेता सिंह रास्वपामा प्रवेश गरेका थिए। प्रवेशपश्चात् उनले मैथिली र नेपाली भाषामा मन्तव्य दिँदै आफू रवि लामिछाने र बालेन शाहको सिपाही बनेर आएको बताएका छन्।

उनले देशमा वैकल्पिक राजनीति आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले अघि सारेको राजनीतिक एजेन्डा र नेतृत्वप्रति विश्वास व्यक्त गरे। सिंहको पार्टी प्रवेशले मधेश केन्द्रित राजनीतिमा रास्वपाको प्रभाव थप बलियो हुने अपेक्षा गरिएको छ।

सभामा रास्वपाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्