दुर्गा प्रसाईं पोखराबाट पक्राउ, निर्वाचन आयोगसम्बन्धी अभिव्यक्तिपछि मुद्दा



काठमाडौँ ,माघ ५— राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनी पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएकै क्रममा पक्राउ परेका हुन्।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले प्रसाईं पक्राउ परेको पुष्टि गर्दै काठमाडौँबाट पक्राउ अनुमति आएको र सोहीअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ।

नेपाली कांग्रेसको आन्तरिक विवादका विषयमा सार्वजनिक रूपमा दिएको अभिव्यक्तिमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। सो अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

आयोगको उजुरीपछि प्रहरीले अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्