रास्वपाबाट आशिका तामाङ धादिङ–१ मा उम्मेदवार
काठमाडौँ,माघ ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
पार्टीले सामाजिक अभियान र जनसरोकारका क्षेत्रमा सक्रिय रहँदै आएकी तामाङलाई टिकट दिएको जनाएको छ। पछिल्लो समय विभिन्न सामाजिक कार्यमार्फत उनले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुल्दै आएकी छिन्।
रास्वपाले नयाँ अनुहार, सामाजिक रूपमा सक्रिय तथा जनतासँग प्रत्यक्ष जोडिएका व्यक्तिलाई उम्मेदवार बनाउने नीतिअनुसार तामाङलाई अघि सारिएको पार्टी स्रोतको भनाइ छ।
फागुन २१ गते हुने निर्वाचनमा धादिङ–१ मा प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ।

