रास्वपाबाट उम्मेदवार बन्ने पक्का भएपछि सञ्चारमन्त्री जगदीश खरेलको राजीनामा



काठमाडौँ,माघ ५ — सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले पदबाट राजीनामा दिएका हुन्।

खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएको स्रोतले जनाएको छ। रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

मन्त्री पदमा रहँदै निर्वाचनमा सहभागी हुनु उपयुक्त नहुने भन्दै खरेलले नैतिकताको आधारमा राजीनामा दिएको बताइएको छ। उनको राजीनामासँगै मन्त्रिपरिषद् पुनःगठनको सम्भावना पनि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्