नेकपाले टुंग्यायो उम्मेदवार, नुवाकोट १ बाट हितबहादुर, २ बाट हिरानाथ



काठमाडौँ ,माघ ५— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूको टुंगो लगाएको छ।

नेकपाले माघ ६ गते देशभर उम्मेदवारी दर्ता गराउने निर्णय गरेको छ। उम्मेदवारी दर्ताअघि नै पार्टीले सबै निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको जनाएको छ।

पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। यस्तै, नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट हितबहादुर तामाङ र क्षेत्र नम्बर २ बाट हिरानाथ खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

पार्टी नेतृत्वले संगठनात्मक तयारी पूरा भइसकेको र निर्वाचनमा सशक्त रूपमा सहभागी हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्