पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र पहाड–हिमालमा आंशिक बदली



काठमाडौँ,माघ ६ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण तराईका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। अन्य भूभागमा भने मौसम प्रायः सफा रहनेछ।

राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ। यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेषगरी बिहान र रातिको समयमा तराई क्षेत्रमा हुस्सुका कारण जनजीवन, यातायात र हवाई सेवामा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्