मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता
म्याग्दी,माघ ६ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
पुनले आज मंगलबार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्। मन्त्री पदबाट राजीनामा दिएलगत्तै उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए, जसलाई राष्ट्रपतिले स्वीकृति दिइसकेको छ।
राजीनामापछि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका पुनको उम्मेदवारीले म्याग्दीको राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ।

