तीन मन्त्रीको राजीनामापछि रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीकै काँधमा
काठमाडौँ,माघ ६— राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएपछि ती मन्त्रालयहरू रिक्त भएका थिए।
राष्ट्रपति कार्यालयका अनुसार उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने व्यवस्था गरिएको हो।
मन्त्रीहरूको राजीनामापछि सरकारको नियमित कार्य सञ्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले प्रधानमन्त्रीलाई कार्यभार तोकिएको जनाइएको छ।

