झापा–५ मा ओली–साह आमनेसामने, केपी ओलीले गराए उम्मेदवारी दर्ता



झापा,माघ ६— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। ओलीले झापा क्षेत्र नम्बर ५ बाट मंगलबार आफ्नो मनोनयन दर्ता गराउनुभएको हो।

झापा–५ मा यसपटकको निर्वाचनलाई अत्यन्त चासोका साथ हेरिएको छ। यस क्षेत्रबाट ओलीको मुख्य प्रतिष्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँग हुने निश्चित भएसँगै चुनावी माहोल थप तातेको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका साहले पनि मंगलबार नै झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। दुवै ठूला दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि झापा–५ राष्ट्रव्यापी रूपमा चर्चाको केन्द्रमा परेको छ।

ओली र साहबीचको प्रतिस्पर्धाले झापा–५ को निर्वाचन परिणामले देशको भावी राजनीतिक दिशा निर्धारण गर्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्