उम्मेदवारको मनोनयन उत्साहाजनक: ५ बजे सम्म २ हजार तीन सय ३५ को मनोनयन दर्ता
काठमाडौं,माघ ६ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता चलिरहेको छ ।
मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरेपनि ५ बजे भित्र समय लिएकाहरुको अहिले पनि मनोनयको काम चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार पाँच बजे सम्म २ हजार दुई सय ३५ जनाको मनोनय दर्ता भएको छ ।
मनोनय दर्ताको विवरण आउने क्रम जरी रहेकाले यो संख्या बढने र निर्वाचन मनोनयन उत्साजक रहेको आयोगले जनाएको छ ।

