नेमकिपाबाट नुवाकोट–१ मा रबिन्द्र डङ्गोलको उम्मेदवारी दर्ता



नुवाकोट,माघ ६— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा रबिन्द्र डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन्।

डङ्गोलले निर्वाचन कार्यालय खरानीटारमा पुगेर मनोनयन दर्ता गराएका हुन्। भौतिक शास्त्रमा विद्यावारिधि गर्दै गरेका डङ्गोल पेशाले शिक्षकसमेत हुन्।

यसैगरी, नुवाकोट निर्वाचन क्षेत्र नं. २ बाट नेपाल मजदुर किसान पार्टीका तर्फबाट सुवास भट्टले उम्मेदवारी दर्ता गराएका छन्।

नेमकिपाले दुवै निर्वाचन क्षेत्रमा वैचारिक प्रतिबद्धता, शैक्षिक पृष्ठभूमि र जनमुखी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै उम्मेदवार अघि सारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्