आजपनि राख्यो सुनको मूल्यले नयाँ रेकर्ड, एकै दिन १० हजार रुपैयाँले बढ्यो
काठमाडौं,माघ ७ । आज बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको सुनचाँदी पत्थर, रत्न तथा आभूषण महाघंले जनाएको छ ।
मंगलबार प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ ।
महसंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ९२० रुपैयाँ पुगेको छ ।

