काभ्रे प्रशासनद्वारा इजाजत पत्र प्राप्त हातहतियार बुझाउन आग्रह
काभ्रे,माघ ७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले इजाजत पत्र प्राप्त हातहतियार समेत बुझाउन आग्रह गरेको छ ।
आगामी २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बताउनुभयो ।
प्रशासनले यही माघ २१ गतेभित्र हतियार बुझाउन आग्रह गरेको छ । यसरी बुझाइएको हतियार २०८२ चैत २० गतेपछि सम्बन्धित व्यक्तिले आफ्नो हातहतियार प्रहरीबाट फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
निर्धारित समयभित्र हातहतियार नबुझाई आफ्नै नियन्त्रणमा राखेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

