विदुर–१० मा विद्यार्थीलाई विद्यालय पोसाक वितरण
नुवाकोट,माघ ७— विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा विदुर नगरपालिका–१० स्थित श्री सुन्दरीक्यौरिनी माध्यमिक विद्यालय, गेर्खुटारमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ।
लिभिङ वाटर नेपाल संस्थासँगको सहकार्यमा आयोजित कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, वडा नम्बर १० का अध्यक्ष गणेशकुमार नेपाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन मिजार, सहयोगी संस्थाका प्रतिनिधि तथा स्थानीय शिक्षाप्रेमी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा स्थानीय सरकारको प्राथमिकता विद्यार्थीको गुणस्तरीय शिक्षा र आवश्यक सहयोगमा केन्द्रित रहेको उल्लेख गर्दै यस्ता सहकार्यले सामुदायिक विद्यालयको सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

