एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने
काठमाडौं,माघ ७ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ।
बोर्डले बुधबार सूचना जारी गर्दै चैत १९ गतेदेखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। बोर्डका अनुसार परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय परीक्षा बोर्डले तोकिएको समयतालिकाअनुसार परीक्षामा सहभागी हुन विद्यार्थी, विद्यालय तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।


