निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनबारे आयोगमा छलफल



काठमाडौं,माघ ७ — निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ।

छलफलमा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि किसिमका आपराधिक गतिविधिलाई नियन्त्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो। साथै निर्वाचनलाई भयरहित, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्दै भरपर्दो सुरक्षा रणनीति अवलम्बन गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको थियो।

उक्त छलफल कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्