सुन २९ सय र चाँदी ५० रुपैयाँले घट्यो
काठमाडौं,माघ ८ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २९ सय रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
महसंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ८७० रुपैयाँमा कारोबार भएको छ ।

