तादी गाउँपालिकामा संघ–संस्था प्रोत्साहन तथा न्यायिक समिति परिचयात्मक कार्यक्रम सम्पन्न
नुवाकोट,माघ ८ — जिल्लाको तादी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा संघ–संस्था प्रोत्साहन/सम्मान कार्यक्रम तथा न्यायिक समितिका संयोजकहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सन्जु प्याकुरेलको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङ, लिखु गाउँपालिकाकी उपाध्यक्ष शुभद्रा अधिकारी, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला केसी, किस्पाङ गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमाल, म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सिता तामाङ, सूर्यगढी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बढाथोकि तथा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङको उपस्थिति रहेको थियो।
त्यसैगरी तादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, वडा अध्यक्ष बच्चुराम तामाङ, रुडेक नेपालका संस्थापक अध्यक्ष मिनकुमार केसी, नेपाल ग्रिनतारा फाउण्डेशनका अध्यक्ष बन्दी निमा शेर्पा, SCAI की प्रतिनिधि नमिता हमाल, न्यायिक सहजकर्ताहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तादी गाउँपालिका भित्र शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रुडेक नेपाल, ग्रिनतारा फाउण्डेशन र SCAI का प्रतिनिधिहरूलाई प्रशंसा पत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रम तादी गाउँपालिकाका शिक्षक सहजकर्ता दिपकप्रसाद सिटौलाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमले स्थानीय तहका न्यायिक समिति र संघ–संस्थाबीच सहकार्य, समन्वय र आपसी परिचयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

