गृहमन्त्री ओमप्रकाश अर्याल सरकारका प्रवक्ता नियुक्त
काठमाडौँ,माघ ८— सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफूलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिनुभयो।
यसअघि सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएर आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरेपछि प्रवक्ता पद रिक्त रहेको थियो।
सरकारको निर्णयसँगै अब सरकारका गतिविधि र निर्णयबारे जानकारी दिने जिम्मेवारी गृहमन्त्री अर्यालले सम्हाल्ने भएका छन्।

