दुई उम्मेदवारको मनोनयन खारेज



काठमाडौँ,माघ ९ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझपछि दुई जनाको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० की उम्मेदवार सुमित्रा बस्नेत र कैलाली निर्वाचन क्षेत्र नम्बर १ का रेशम चौधरीको उम्मेदवारी खारेज भएको हो।

काठमाडौँ क्षेत्र नं. १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सुमित्रा बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको प्रमाणित भएपछि उनको उम्मेदवारी खारेज गरिएको हो।

निर्वाचन आयोगले कानुनी मापदण्डअनुसार उजुरीमाथि छानबिन गरी आवश्यक निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्