सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला ३ लाख माथि पुग्यो
काठमाडौं,माघ ९ । सुनको मूल्यले आज शुक्रबार फेरी नायँ रेकर्ड राखेको छ । आज सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ हजार २०० रुपैयाँले बढेको छ । बिहीबार सुन तोलामा २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड राखेको छ । आज चाँदी प्रतितोला ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

