कांग्रेसद्वारा गगनकुमार थापा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा



काठमाडौँ,माघ ९ — नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

उपसभापति विश्वप्रकाश शर्माका अनुसार देशको प्रधानमन्त्री कांग्रेसले कसलाई बनाउँछ भन्ने विषयमा मतदातालाई स्पष्टता दिन थापालाई कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने निर्णय गरिएको हो।

थापालाई पाँच वटा मापदण्डका आधारमा उम्मेदवार तय गरिएको शर्माले जानकारी दिनुभयो। व्यक्तिको पृष्ठभूमि, राजनीतिक संस्कार, योगदान, योग्यता र भिजनलाई आधार मानी थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उहाँको भनाइ छ। सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा उपसभापति शर्माले नै प्रस्तुत गर्नुभएको थियो।

यस्तै, नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्