चुनाव चिह्न जुत्ता खारेज गर्न निवेदन



काठमाडौं,माघ १२ । जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले चुनाव चिह्न जुत्ता राखेकोमा खारेज गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । आफू भदौ २३ गतेदेखि अस्पतालमा घाइते अवस्थामा रहेको र आफ्नो त्यही जुत्तालाई आउँदो निर्वाचनमा चिह्न बनाएकोमा उहाँले आपत्ति जनाउनुभएको हो । 

घाइते बोहोराको उक्त जुत्ता भाइरल भएपछि मतदाताको भावना समेट्न स्वतन्त्र उम्मेदवारले सोही जुत्ता चुनाव चिह्न राखेकोमा उहाँले खारेजीका लागि निवेदन दिनुभएको हो ।

घाइते बोहोराले जुत्ता चुनाव चिह्न राख्दा संवेदनशील प्रतीकको दुरुपयोग हुने भन्दै चुनाव चिह्न प्रयोग खारेज गर्न निवेदन दिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्