सुनचाँदीको नयाँ रेकर्डः अन्तर्राष्ट्रिय बजारमा पहिलाे पटक ५००० डलर, नेपालमा पनि नयाँ कीर्तिमान
काठमाडौं,माघ १२ । नेपाली बजारमा लगातार बढेर सुनचाँदीको मूल्यले दैनि नयाँ रेकर्ड कायम गर्दै आएको छ। हिजो तोलामा २४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज फेरि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रूपैयाँले बढेर ३ लाख ९ हजार रूपैयाँ तोकिएको छ। हिजो छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी पनि ताेलामा २८५ रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे छ। हिजाे प्रतिताेला ६ हजार ४ सय ८० रूपैयाँकाे उच्च रेकर्ड बनाएकाे चाँदीले आज उक्त रेकर्ड ताेडेकाे हाे ।
यसदिन चाँदीकाे भाउ प्रतिताेला ६ हजार ७ सय ६५ रूपैयाँ पुगेकाे महासंघले जनाएकाे छ।
यता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य पहिलो पटक इतिहासमै प्रति औंस ५,००० डलरभन्दा माथि पुगेको छ। सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले उकालो लागेको सुनकाे मूल्य २०२६ मा पनि लगातार बढेर ऐतिहासिक रेकर्ड बनाउने क्रम जारी छ।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि पहिलो पटक प्रति औंस १०० डलर नाघेकाे छ। अघिल्लो वर्ष झन्डै १५० प्रतिशतले बढेको चाँदीकाे भाय यस वर्ष पनि नरन्तर बढ्ने क्रम जारी छ।
अमेरिका र नाटोबीच ग्रिनल्याण्डलाई लिएर बढेको तनाव, वित्तीय तथा भूराजनीतिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार नीति जस्ता कारणले सुनचाँदी जस्ता बहुमूल्य धातुकाे मूल्य लगातार बढीरहेकाे बताइएकाे छ।

