कांग्रेसले चुनावी प्रचारमा राष्ट्रिय झन्डाको मर्यादा कायम गर्न निर्देशन
काठमाडौँ, माघ १३ — नेपाली कांग्रेसले आगामी निर्वाचनमा राष्ट्रिय झन्डाको प्रयोग गर्दा मर्यादा र सम्मान कायम राख्न सबै कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टीले परिपत्र जारी गरी चुनाव प्रचारमा १० वटासम्म मात्रै राष्ट्रिय झन्डा प्रयोग गर्न अनुमति दिएको छ।
परिपत्रअनुसार झन्डा व्यक्तिको शिरभन्दा माथि मात्र फहराउन सकिनेछ र कुनै उम्मेदवार वा प्रचारकले झन्डा शरीरमा ओढाउनु, पाखुरा वा कम्मरमा राख्नु गलत र अपमानजनक हुने भएकाले यस्तो नगर्न भनिएको छ।
साथै, कार्यक्रम स्थल, प्रचार कार्यालय वा सवारीसाधनमा राष्ट्रिय झन्डा फहराउँदा पार्टीको झन्डा र चुनाव चिह्नभन्दा माथि नफहराउने निर्देशन पनि दिएको छ।

