चन्द्रकला पौडेललाई बिमा प्राधिकरण अध्यक्षमा नियुक्ति
काठमाडौँ, माघ १३ — सरकारले चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा तोक्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।
उक्त पद तत्कालीन अध्यक्ष सरद ओझा बर्खास्त भएपछिको रिक्त रहेको थियो। बैठकले सुतीखोला, तामाकोशी–५, माथिल्लो सङ्खुवासभा र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति दिने निर्णय पनि गरेको छ।

