सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिमा युवराज पौडेल पक्राउ
काठमाडौँ,माघ १३ — ‘युवराज सफल’ भनेर चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा आधारहीन अभिव्यक्ति दिई गाली बेइज्जती गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार पौडेलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तासम्बन्धी तथ्यहीन आरोप सार्वजनिक रूपमा प्रसारण गरेका थिए। सोही विषयमा महान्यायाधिवक्ता कार्यालयबाट आएको पत्रका आधारमा पक्राउ गरिएको बताइएको छ।
परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका पौडेलमाथि अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्यादसमेत थप गरिएको प्रहरीले जनाएको छ।

