सर्लाही–४ मा गगन थापाको मतदाता भेटघाट तीव्र
काठमाडौँ ,माघ १३— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही जिल्ला केन्द्रित मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्। सोमबार सर्लाही पुगेका थापा मंगलबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदाताबीच पुगेका हुन्।
भेटघाटका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका विकास निर्माणका अलपत्र परियोजनाबारे जानकारी लिएका छन्। स्थानीय समस्याबारे सुझाव र गुनासा सुन्दै उनले यस क्षेत्रको आवाज अझ बुलन्द बनाउने प्रतिबद्धता जनाए।
थापाले सर्लाहीमा उठाइएका मुद्दा काठमाडौँमा पनि निरन्तर उठाउने बताए। “मैले यहाँ जे कुरा गरिरहेको छु, काठमाडौँ पुगेपछि पनि त्यही कुरा गर्छु, मेरो विचार एउटै हो,” उनले भने।
काठमाडौँका नागरिकजत्तिकै अधिकार सर्लाहीका नागरिकलाई पनि भएको उल्लेख गर्दै उनले सबै नागरिक समान हकदार रहेको आफ्नो स्पष्ट धारणा राखे।

