नुवाकोटमा कुटपिटपछि झाक्रीको मृत्यु



नुवाकोट,माघ १४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ अन्तर्गत घ्याङफेदी (घेवारचौर) मा झारफुकका क्रममा भएको कुटपिटबाट एक झाक्रीको मृत्यु भएको छ।

स्थानीयका अनुसार झारफुक गर्न गएका ३३ वर्षीय रणबहादुर तामाङको बिरामी बुवा–छोराबीचको आपसी विवादका क्रममा कुटपिट हुँदा घटनास्थलमै मृत्यु भएको हो। मृतक तामाङ घ्याङफेदी, घ्याङचौरका स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ८:४५ बजेको समयमा सोही स्थानका करिब ५२ वर्षीय ओङदी शेर्पा र उनका २५ वर्षीय छोरा कुन्साङ शेर्पाले कुटपिट गर्दा छिमेकी रणबहादुर तामाङ भुइँमा लडेको अवस्थामा मृत फेला परेका थिए।

घटनापछि ओङदी शेर्पा र कुन्साङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्