स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः कीर्तिमान कायम
काठमाडौँ, माघ १४ — स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,१८,८०० तथा चाँदीको मूल्य रु ७,३०० कायम भएको छ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु ३,०९,३०० र चाँदीको मूल्य रु ६,८७० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ५,२०० अमेरिकी डलर तथा सोही परिमाणको चाँदी १११ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

