राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेस
काठमाडौँ,माघ १४— यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विस्तृत प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउनुभएको हो।
उक्त निर्वाचनमार्फत राष्ट्रिय सभाका रिक्त पदहरू पूर्ति गर्न मतदान सम्पन्न भएको थियो। निर्वाचन आयोगले कानुनी प्रक्रिया पूरा गर्दै अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको जनाएको छ।

