वच्छलादेवी माविको ४६औँ वार्षिकोत्सव तथा नयाँ भवन उद्घाटन सम्पन्न



नुवाकोट, माघ १४ — विदुर नगरपालिका–७ मा सञ्चालित वच्छलादेवी माध्यमिक विद्यालयको ४६औँ वार्षिकोत्सव, अभिभावक भेला तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। सो अवसरमा वडा नं ७ का अध्यक्ष तथा नगरप्रवक्ता रबिन्द्र नेपाल, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयको शैक्षिक प्रगति, आगामी योजना र नयाँ संरचनाले पठनपाठनमा पुर्‍याउने सहयोगबारे चर्चा गरिएको थियो। विद्यालय व्यवस्थापन समितिले सहयोगी सबैप्रति आभार व्यक्त गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्