एकैदिन २० हजार ५०० रूपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?



काठमाडाैं,माघ १५ । दिनहुँ बढेर नयाँ रेकर्ड राख्दै आएको सुनकाे भाउ बिहिबार उल्लेख्य बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ ।

पछिल्ला ६ दिनदेखि निरन्तर बढेकाे सुनकाे मूल्य आज एकैदिन ताेलामा २० हजार ५०० रूपैयाँले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्